काठमाडौँ, २ माघः सामसङ नेपालले ग्यालेक्सी एस २५ सिरिज नेपाली बजारमा ल्याएको छ । यसको सामसङ ग्यालेक्सी एस २५ को प्रि–अर्डर ग्यालेक्सी एस २४ सिरिजको तुलनामा ६० प्रतिशतले बढी भएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एस २५ सिरिजको एआई एजेन्ट वन युआई ७ प्लेटफर्मसँग मिलेर काम गर्ने र यसले विभिन्न एपबीच सहज रूपमा जटिल काम गर्न सहयोग सहयोग गर्छ । यसमा प्रयोग भएको स्न्यापड्रागन ८ एलिटले अन–डिभाइस प्रोसेसिङलाई उच्च बनाउँदै अधिक प्रतिक्रियाशील एआई अनुभव प्रदान गर्न सकिन्छ ।
सामसङले ग्यालेक्सी एस २५ सिरिजका सबै स्मार्टफोनमा ६ महिनासम्म जेमिनी एडभान्स्ड सेवा र २ टीबी क्लाउड स्टोरेज निःशुल्क प्रदान गर्नेसमेत जनाएको छ । यो बजारमा तीन भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती मूल्य एक लाख चार हजारदेखि एक लाख ९९ हजार ९९ रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।