शुक्रबार, माघ ०४, २०८१

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पु-याउने खानेपानीमन्त्री यादवको लक्ष्य


काठमाडौँ, ४ माघ : खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पु-याउने लक्ष्य रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीप श्रेष्ठ लगायतको टोलीसँग छलफल गर्दै मन्त्री यादवले संस्थानले खानेपानीका क्षेत्रमा गरिरहेका कामका विषयमा जानकारी लिनुभएको थियो । उक्त छलफलका क्रममा उहाँले बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले नेपाल खानेपानी संस्थानबाट निर्माण भइरहेको झुम्सा खोला खानेपानी आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिनुभएको मन्त्रालयले जनाएको छ ।

उहाँले भन्नुभयो, “अहिले हामीले मुलुकमा ९८ प्रतिशत नागरिकलाई आधारभूत खानेपानी सेवा पु-याएका छौँ । एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत खानेपानी पु¥याउने लक्ष्य छ ।

सो छलफलमा मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी, रमाकान्त दुवाडी, खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन लगायतको सहभागिता रहेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading