04/21/2025, 06:07:10

विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन


काठमाडौँ, २० पुसः  विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिबार घोषणा गरेको छ ।

चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।  उहाँको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..