बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुरमा रहेको हात्तीसार दरबार । विसं १९४५ तिर निर्माण गरिएको दरबार बझाङी राजा जयपृथ्वीबहादुर सिंहले १९५१ सालतिर तराईबाट हात्तीको छावा ल्याएर राखेको हुनाले यसको नाम हात्तीसार दरबार नामकरण गरिएको हो । झन्डै २ मिटर चौडा गारो लगाइएको तीनतले यो दरबार निर्माणमा प्रयोग गरिएको वास्तुकला र इन्जिनियरिङ अद्वितीय खालको छ
Click on Photo to Enlarge
म्याग्दीको मालिका गाउँपालिका-७ स्थित प्रभुचेला धुरी तपस्थली केन्द्रमा स्थापना गरिएको तपस्वी कपिलानन्द गिरीको मूर्ति । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि।सं १९७० देखि १९७५ सम्म यहाँ तपस्या गर्नुभएको थियो । प्रभुचेला धुरी तपस्थली केन्द्रमा यही माघ २१ गते उक्त मुर्ति स्थापना गरिएको हो
Click on Photo to Enlarge