श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा शुक्रबार काठमाडौँ २४ वडास्थित मखनमा नाच प्रदर्शन गर्दै । नाचमा श्री चण्डी, श्री कुमारी, श्री हलचोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री वाराही, श्री महाकाली, श्री दक्षिणकाली देवगण रहन्छन् । हल्चोकबाट गत चैतको २८ गतेदेखि काठमाडौँको वसन्तपुर, ताम्सीपाखा लगायतका ठाउमा हरेक दिन एक महिनासम्म प्रदर्शन गर्ने जनाएको छ
Click on Photo to Enlarge
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानास्थित गौरीटापमा आयोजना गरिएको ‘स्पार्क एड्भेञ्चर’का क्रममा राखिएका टेन्ट । सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार राति आयोजना गरेको कार्यक्रममा २०० जना भन्दा बढी आन्तरिक पर्यटकहरु टेन्टमा बास बसेका थिए
Click on Photo to Enlarge