राणाकालीन समयमा पाल्पा गौँडाका पश्चिम कमान्डर जनरल खड्ग शमशेरले आफ्नी दिवङ्गत पत्नी रानी तेजकुमारीको सम्झनामा भारतमा रहेका बेलायती इन्जिनियर झिकाई पाँच वर्ष लगाएर विसं १९५४ मा निर्माण पूरा गरिएको ऐतिहासिक रानीमहल दरबार । रानीको मायामा भावविह्वल भएर निर्माण गरिएको यो दरबारलाई खड्ग शमशेर र रानी तेजकुमारीको मायाको प्रतीकका रुपमा हेर्ने गरिन्छ । कालिगण्डकी नदी किनारमा अवस्थित यो दरबार भित्र पानी पोखरी, मन्दिर, बगैँचा अत्यन्त मनमोहक रहेको छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम करिब १३ किलोमिटर दूरीमा रहेको नेपालको ताजमहलसमेत भनेर चिनिने यो पर्यटकीय स्थलमा अहिले दैनिक सयौँ पर्यटक भ्रमण गर्ने गरेका छन्
Click on Photo to Enlarge









