झापाको दमक नगरपालिका कार्यालयको प्रवेशद्वारमा निर्मित धिमाल जातिको प्रतिमा । अल्पसङ्ख्यक जातिका ‘धिमाल’ समुदायलाई नगरपालिकाले विसं. २०७४ असोज ३० गते प्रथम नागरिकको रुपमा घोषित गरि उनीहरुको संरक्षण र विकासमा सहयोग पुर्याउँदै आएको छ
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–९ स्थित कुमाल गाउँमा आयोजित संस्कृति संरक्षण कार्यक्रमअन्तर्गत पाउदुरे नाच सिक्दै कुमाल समुदाय । कुमाल समाज तनहुँको आयोजना र सामाजिक विकास कार्यालयको सहयोगमा संस्कृति संरक्षणका लागि आयोजित प्रशिक्षण कार्यक्रम यही वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ
Click on Photo to Enlarge
म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा घोडा खच्चरमाथि सामान बोकाएर ढुवानी गरिँदै । सडक यातायातको पहुँच नपुगेको गुर्जाका बासिन्दा ढुवानीका लागि खच्चर र घोडामा निर्भर छन्
Click on Photo to Enlarge
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालीका-१ मुक्तिनाथ मन्दिर नजिकैबाट शुक्रबार देखिएको बौद्ध स्तुपा र बगैँचामा रमाउँदै गरेका पर्यटकहरु तथा पृष्ठभूमीमा निलगिरि हिमाल
Click on Photo to Enlarge
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा रहेको रुप्से झरना। यो झरना सडकमार्ग हुँदै मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुका लागि आकर्षण बन्ने गरेको छ
Click on Photo to Enlarge
सगरमाथा क्षेत्रमा पर्यटको चाप उच्च । मुख्य पर्यटकीय सिजन भएकाले यो समय सोलुखुम्बुको खुम्बु क्षेत्र पुग्ने पर्यटकहरु धेरै छन्
Click on Photo to Enlarge
चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरी मनोरञ्जन लिँदै पर्यटक
Click on Photo to Enlarge
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा अवस्थित निफुक नाम्डुलिङ गुम्बा । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिएको पुरानो यस गुम्बा ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसावले समेत महत्वपूर्ण मानिन्छ । कलात्मक रूपमा भीरमा अवस्थित यस गुम्बामा पर्यटकहरु दैनिकजसो जाने गर्दछन
Click on Photo to Enlarge
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा निर्माण गरिएको पैदल मार्ग । आन्तरिक पर्यटकलाई आकर्षित गर्न धौवादीदेखि रुद्रपुरगढीसम्म पैदल मार्ग निर्माण गरिएको हो
Click on Photo to Enlarge
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिन अन्तर्गतको कञ्चनजङ्घा हिमालको दक्षिण आधारशिविर क्षेत्रमा रमाउँदै गरेका आन्तरिक पर्यटकहरू । ८ हाजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो