बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्राअन्तर्गत दोस्रो दिन आज सोमबार बिहान पूजाअर्चनाका लागि चण्डेश्वरी मन्दिरमा आएका भक्तजनको घुइँचो । करिब दुई हजार ५०० वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्रा विशेषगरी स्थानीय नेवार समुदायले वर्षेनी चण्डी (वैशाख शुक्ल)पूर्णिमाको अवसरमा तीन दिन मनाउने गर्दछन्
Click on Photo to Enlarge
श्री हल्चोक आकाश भैरव १२ वर्षे जात्राको क्रममा शुक्रबार काठमाडौँ २४ वडास्थित मखनमा नाच प्रदर्शन गर्दै । नाचमा श्री चण्डी, श्री कुमारी, श्री हलचोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री वाराही, श्री महाकाली, श्री दक्षिणकाली देवगण रहन्छन् । हल्चोकबाट गत चैतको २८ गतेदेखि काठमाडौँको वसन्तपुर, ताम्सीपाखा लगायतका ठाउमा हरेक दिन एक महिनासम्म प्रदर्शन गर्ने जनाएको छ
Click on Photo to Enlarge










