वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याउँदै । यहाँ पु¥याएपश्चात् ४ दिनपछि भोटो जात्रा देखाउने गरिन्छ
Click on Photo to Enlarge
काठमाडौँकाे भद्रकालीबाट बिहीबार साँझ देखिएको धरहराको दृश्य
Click on Photo to Enlarge
भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक पर्यटकीय क्षेत्र चुलाचुली गुफा । यहाँ रहेका अनौठा आकृतिका ढुङ्गाले मानिसलाई आकर्षित गर्ने गरेको हो
Click on Photo to Enlarge
चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपरदाङगढीमा निर्माण गरिएको नवनिर्मित ढुङ्गेधारा
Click on Photo to Enlarge
पोखरा महानगरपालिका-१४ गोर्खाभिलेजबाट बिहीबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमाल
Click on Photo to Enlarge
अछामको प्रमुख पर्यटकीयस्थल रामारोशनमा रहेको रमणीय किनिमिनी घाँसेमैदान
Click on Photo to Enlarge
ललितपुर महानगरपालिका–४ स्थित जावलाखेल चोकमा अवस्थित ऐतिहासिक सम्पदा ललित मण्डप । यही मण्डप परिसरमा रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने परम्परा छ
Click on Photo to Enlarge
डोल्पाको जगदुल्ला गाउँपालिका–२ कागमारा पाटनमा यार्सागुम्बा सङ्कलन गरिँदै । नेपालको बहुउपयोगी एवं बहुमूल्य जडीबुटी यार्सागुम्बा यही जेठ ५ बाट सङ्कलन गर्न सबै क्षेत्र खुल्ला गरिएको हो
Click on Photo to Enlarge
रसुवा जिल्लाको गोसाईकुण्ड जाने बाटोमा समुद्री सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको बुद्ध मन्दिर परिसरबाट देखिएको लाङटाङ हिमाल । यो हिमालको उचाइ ७ हजार २०५ मिटर रहेको छ
Click on Photo to Enlarge
सिरहाको लहान नगरपालिका-१५स्थित राजदेवी मन्दिर । मधेश प्रदेशको गढीमाइ मेलापछि दोस्रो सबैभन्दा बढी बलि दिईने यस राजदेवी मन्दिरमा बैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्छ