सोमबार, पुष ०८, २०८१

नेपाली कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुन्छ : गृहमन्त्री लेखक


धरान (सुनसरी), २१ मङ्सिरः नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले कांग्रेस बलियो भए मुलुकमा लोकतन्त्र सुरक्षित हुने बताउनुभएको छ ।

धरान उपमहानगरपालिका– १५ मा आयोजित साहित्यकार गिरिराज आचार्यद्वारा लिखित ‘बिपीका साहित्यिक विचारहरू’ पुस्तकको लोकार्पण कार्यक्रममा उहाँले कांग्रेस कमजोर भएमा लोकतन्त्रमाथि जोखिम बढ्न सक्ने धारणा राख्नुभयो । नेता लेखकले लोकतन्त्रलाई सुरक्षित गर्न पनि कांग्रेस बलियो हुन आवश्यक रहेको जिकिर गर्नुभयो ।

गृहमन्त्री लेखकले वर्तमान सरकार र सत्ता गठबन्धन मुलुकमा सरकारको स्थायित्वमार्फत सुशासन, दिगो शान्ति र समृद्धिका लागि बनेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading