२९ कात्तिक, काठमाडौं। विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’को विश्वभरिबाट ४५ करोड ग्रस कलेक्सन गरेको छ। निर्माण टिमका अनुसार यस फिल्मले दुई सातामा नेपालसहित विश्वभरका हलबाट ४५ करोड कमाएको हो। नेपालमा २५ करोड ग्रस कलेक्सन गरेको यस फिल्मले विदेशमा भने २० करोडको आकडा पार गरेको छ।
डायस्पोरामा विदेशी फिल्मसरह हलमा नियमित प्रदर्शन भैरहेको फिल्मलाई दर्शकहरुको बलियो साथ छ। नेपालसहित विदेशमा पनि टिकट पाउन मुस्किल छ। यस फिल्मले प्रदर्शनको दोस्रो शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख कमाइ गरेको थियो। शनिबारको व्यापार नेपाली सिनेक्षेत्रमा हालसम्ममै एकदिनको सर्वाधिक कमाइ हो। साथै यस फिल्मले अत्याधिक शो पाउने फिल्मको समेत रेकर्ड कायम गरिसकेको छ।

रिलिज अगावै चर्चामा रहेको यो फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। यस फिल्ममा विजय सहित बुद्धि तामाङ, प्रकाश सपुत, अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ। सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म एक करोड ३० लाखमा बनेको हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











