२२ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सको जहाजले भैरहवाबाट दुबई उडान गर्ने भएको छ। वायुसेवा निगमले जारी गरेको उडान तालिका अनुसार काठमाडौं–भैरहवा–दुबईमा उडान गर्ने भएको हो।
काठमाडौंबाट भैरहवा राति ९ः३५ मा उडान गर्नेछ। भैरहवामा १०ः२५ मा अवतरण गरेर यात्रु राखी दुबईतर्फ उडान गर्नेछ। निगमले अहिले सिधा उडान नभई काठमाडौंबाट भैरहवा भएर उडान गर्दै छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थ स्तरोन्नति गर्ने भएसँगै ३० प्रतिशत उडान कटौती गरेको छ। प्राधिकरणले भैरहवा वा पोखराबाट अन्तर्राष्ट्रिय उडान थप गर्न आग्रह गरेको छ।
अहिलेसम्म भैरहवाबाट नेपाल एयरलाइन्स, थाई एयर एसिया, फ्लाई दुबई, जजिरा एयरले उडान गर्दै छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










