२० कात्तिक, काठमाडौं । भारत भ्रमणमा रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र त्यहाँका जलशक्ति मन्त्री सिआर पाटिलबीच आज नयाँदिल्ली स्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकास लगायत पारस्परिक हित र साझा चासोाका विविध विषयमा छलफल भएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

ऊर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक यथाशीघ्र गर्ने पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिन अनुरोध गर्नाका साथै टनकपुरदेखि नेपाल–भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकामा भारत सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो । प्रत्युत्तरमा मन्त्री पाटिलले पञ्चेश्वरको डिपिआरलाई शीघ्र बनाउन सकारात्मक जवाफ दिनुभएको थियो । भेटमा नयाँदिल्ली स्थित नेपाली राजदूतावासका प्रतिनिधिको सहभागिता थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









