१४ कात्तिक, काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। बुधबार बिहान बसेको सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।
उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकिएसँगै बुधबार उनको नाम अनुमोदन भएको हो। लम्सालले बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन्। उनले बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने लगायका कार्ययोजना प्रस्तुत गरेकी थिइन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















