काठमाडौं, पुस ११ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गरेका छन् । शुक्रबार सञ्चारमन्त्री खरेलले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
यसअघि मन्त्री खरेलले आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए । निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








