काठमाडौँ, पुस ९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न आफूले गृहकार्य गरिरहेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेहरूले श्रम स्वीकृति लगायतका कागजातहरू लिने कामका ठगी लगायतका विभिन्न खालका झमेला व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न पनि वडा तहबाटै त्यस्ता खालका कागजात उपलब्ध गराउन आवश्यक रहेको बताएका हुन् ।
उनले देशमा सानो काम गर्न पनि विभिन्न खालका झमेला व्यहोर्नु पर्ने भएपछि नेपाली युवाहरू श्रमको खोजीको बिदेसिन बाध्य हुनु परेको बताए ।
उनले राज्यले श्रमिकहरूको हितमा काम गर्न नसक्दा उनीहरूले दलालहरूको फन्दा फस्नुपर्ने अवस्था आएको समेत स्मरण गराए ।
मन्त्री भण्डारीले राज्यले उपस्थिति नदेखाएका कारण नेपाली श्रमिकहरू देशभित्रै ठगीको चपेटामा पर्नुपर्ने अवस्था आएको समेत बताएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













