12/19/2025, 15:33:39
शुक्रबार, पुष ०४, २०८२

राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण


काठमाडौं, पुस ४ गते ।राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कर्टको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो ।

१३ औँ किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिष्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासंघले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..