काठमाडौं, पुस ४ गते ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोली (पुस ५ गते) चितवनमा सम्बोधन गर्ने भएका छन् ।
चितवन गेष्ट हाउस चौर , जिल्ला प्रहरी कार्यालय अगाडीको चौरमा बिहान ठिक ११ बजे लामिछानेले बृहत् भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
रास्वपा चितवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘शनिवारका दिन हाम्रा आदरणीय पार्टी सभापति श्री रबी लामिछाने ज्युद्वारा आम चितवनवासी आमाबुबा ,दाजुभाइ , दिदी बहिनी तथा पार्टी पङ्क्तिका साथीहरूसँग बृहद भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुँदा चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितिका सम्पूर्ण साथीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन ग
रिन्छ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















