काठमाडौं, पुस ४ गते । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन, २०८२ विमोचन गरेका छन् । शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, इन्जिनियरिङ समुदायका विज्ञहरू समेतको उपस्थिति थियो ।
मन्त्री घिसिङले रैथाने नेपाली निर्माण सामाग्रीको रूपमा रहेको बाँसलाई निर्माण सामग्रीको रूपमा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने बताए । उनले निर्माण सामग्रीको रूपमा बाँसलाई प्रयोग गर्न सकेमा रोजगारी सिर्जना भई ग्रामिण अर्थतन्त्रसमेत बलियो हुन सक्ने तथा आयातित निर्माण सामग्रीलाई निरुत्साहित गर्दै व्यापार घाटा कम गर्न समेत मद्धत गर्न सक्ने बताए ।
आकाशवाट हेर्दा नेपालका बस्तीहरूको छानो जस्ताले ढाकेको देखिएकोमा उनले बाँसकै प्रयोगबाट जस्ताको विकल्पसमेत खोज्न सुझाए । बाँसको व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै यसलाई हरित निर्माण सामग्रीको प्रयोगले जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने उनले बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










