02/13/2026, 03:31:42
बिहिबार, माघ २९, २०८२

उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास


काठमाडौं, पुस  ४ गते । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास गरेको प्रहरीले स्रोतले बतायो ।

प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ ।

अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..