काठमाडौँ,पुस ४ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने ४ हजार ८० रुपैयाँमा कायम भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















