८ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकालाई नेपालले ६–० को अन्तरमा पराजित गरेको हो।
उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा नै ४–० को अग्रता बनाएको थियो । खेलको आठौँ मिनेटमा सबिता राना मगरले नेपाललाई अग्रता दिलाइन् । १२ औँ मिनेटमा साबित्रा भण्डारीले टोलीको अग्रता दोब्बर बनाइन् । एक मिनेटपछि रेखा पौडेलले तेस्रो गोल थपिन् । ३६ औँ मिनेटमा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् । दोस्रो हाफको सुरुवातमा नै अमिशा कार्कीले टोलीका लागि पाँचौँ गोल गरिन् । रश्मि कुमारी घिसिङले इन्जुरी समयमा छैटौँ गोल गरिन् ।
जितसँगै नेपाल समूह बीबाट विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको छ । यो समूहबाट भुटान उपविजेता बनेको छ । यससँगै अब सेमिफाइनलमा नेपाल र भारत भिड्ने भएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















