सुलीकोट, मङ्सिर ७ गते । गोरखाको अजिरकोट गाउँपालिका–२ मुलखर्कमा हरियालीले ढकमक्क ढाकिएको स्याउको सुबासले झनै जीवन्त बनेको छ । केहि वर्ष अघिसम्म यी डाडाँकाडाहरुमा स्याउ फल्ला कि नफल्ला भन्ने दुविधामा भएको बेला आज त्यही ढुंगामाटोको काखमा गाला र फुजी जातका राता राता फलहरुले मुस्कान भरिदिएको छ ।
दुई वर्षअघि अजिरकोट गाउँपालिकाले परीक्षणको लागि इच्छुक किसानहरुलाई निशुल्क रुपमा उपलब्ध गराएको स्याउका बिरुवाहरु अहिले भरपुर फैलदै गरेपछि यहाँका किसानका मन पनि त्यतिकै फलेको छ ।
गाउँपालिकाले अनुदानमा दिएको स्याउका बिरुवा परीक्षणको लागि सन्जिब लामाले आफनो १५ रोपनी क्षेत्रफलमा दुई बर्ष अघि रोपिएका स्याउका बिरुवाबाट यस वर्ष ५ क्वीन्टल स्याउ उत्पादन गरी ३ सय ५० रुपियाँ केजीमा बिक्री बितरण भएपछि मुलखर्कका किसान सन्जिब लामाले जोखिम मोलेर सुरु गरेको स्याउ खेती अहिले अजिरकोटको गौरब बनेको छ ।
पहिला त गाउँमा स्याउ फल्ला भन्ने कल्पना गर्ने कठिन थियो, स्याउ किसान सन्जिब लामाले भन्नुभयो, ‘पहिला बजारबाट स्याउ किनेर गाउँघरमा ल्याउनु पर्ने बाध्यता थियो भने अहिले स्थानीय तथा सहरका मानिसहरु आएर बोटमै टिपेर सहर बजारमा स्याउ लैजाँदा आफैँलाई अनौठो लागेको छ ।’
अहिले मुल खर्कमा स्थानिय बासिन्दा तथा आन्तरिक पर्यटक बोटमै रहर लाग्दो लटरम्म फलेका स्याउ देखेपछि पहाडको चिसो हाबा, उर्बर माटो र किसानको मिहेनतले मुल खर्कको स्याउ अहिले सबैको रोजाइमा परेको छ ।
अजिरकोट गाउँपालिकाका उच्च हिमाली भेगमा रहेको झण्डै २१ मिटर उचाईमा फैलिएको यस क्षेत्रको भुभागमा स्याउ खेतीका लागि निकै अनुकुल साबित भएको किसानहरुको अनुभब छ । बोटमा लटरम्म फलेका लालीमा युक्त फलहरु देखेपछि अरु किसान पनि उत्साहका साथ स्याउ खेती तर्फ आकर्षित भइरहेका छन् ।
हिमाली भेगको चिसो सिरोठो हाबा संगै डाडााँमा लाग्ने घमाईलो घाम र डाडाँकाडाबाट बेग्लै स्वरमा चल्ने हाबासंगै अजिरकोटको मुलखर्कको पहिचान अब गाला र फुजी स्याउको उत्पादन गर्ने थलोको रुपमा चिनिन थालेको छ ।
स्याउ खेती परीक्षण सफल भएपछि गाउँपालिकाले ‘लक्षित स्याउ खेती प्रबद्र्धन कार्यक्रम’लाई स्थायी रुपमा उत्पादन बिस्तार गर्ने तयारी गरेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्याउ उत्पादनका लागि किसानहरुलाई गाउँपालिकाले प्राबिधिक तालिम, बोट व्यवस्थापन, रोग किरा नियन्त्रण र बजार ब्याबस्थापनका कार्यक्रमहरु अघि सारिने भएको छ । स्याउ खेतीबाट स्थानियको जीबनमा आर्थिक उपार्जन गर्न सक्ने सम्भाबना देखिएका कारण यो क्षेत्र अब व्यवसायिक स्याउ खेतीको केन्द्र बन्दै जाने अपेक्षा गरिएको छ ।
स्याउ फुलेका बगैंचा जस्तै यहाँका किसानहरुको मन पनि फुलिरहेको छ । सुन्दर प्राकृतिको काखमा मान्छेको पसिनासँग जन्मिएको यो सफलताले अजिरकोटको भविष्यमा आशाका नयाँ पालुवा उम्रिएको अनुभुति गाउँपालिको गरेको छ ।
_गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















