काठमाडौँ, कात्तिक २७ गते। नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी एक ढिक्का भएर जानुपर्ने आवश्यकता रहेका कारण आगामी निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताएका छन्।
केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बिहीबारको बैठकमा धारणा राख्ने क्रममा उनले आन्तरिक निर्वाचनले पार्टी खत्तम भएको पनि बताए।
‘मैले बुझेको काँग्रेसमा के छ भने आन्तरिक चुनावले पार्टी खत्तम भयो,’ सहमहामन्त्री राठौरले भने, ‘त्यसैले हामी एक ढिक्का भएर जानुपर्ने भएकाले निर्वाचनपछि अधिवेशनमा जाऔँ ।’
उनले २१ फागुनको निर्वाचन अगावै महाधिवेशन गर्नुपर्ने भए विशेष महाधिवेशन गर्नुपर्ने पनि बताए । ‘होइन, गर्नै पर्ने हो भने विशेष अधिवेशनमा जाऔँ,’ राठौरले भने, ‘फेस गरौँ विशेष अधिवेशन। हामी फेस गर्न तयार छौँ ।’
सहमहामन्त्री राठौरले १४ औँ महाधिवेशनमा पराजित भएकाहरूले विशेष महाधिवेशन चाहेको टिप्पणीसमेत गरे ।
‘म विशेष महाधिवेशनको पक्षमा छु । हेप्ने हामीलाई रु अपराधी जस्तो,’ उनले भने, ‘बाहिर हरुवाहरूले त चाहेका छन्, छन् । केन्द्रीय समितिमा भएकाहरूलाई पनि विशेष अधिवेशन चाहिएको छ । ठिक छ, चाहिएको छ भने विशेष अधिवेशनमा जाऔँ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













