काठमाडौँ, कात्तिक २५ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र शीर्ष डिभिजन क्लबबिच अब चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मङ्गलबार बोलाउनुभएको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबबिच एक सय २० दिन (चार महिना) भित्र लिग गर्ने सहमति भएको हो । सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको छलफलमा फुटबल खेलाडी सङ्घका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।
छलफलमा एन्फाले शीर्ष डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि मन्त्री गुप्ताले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो । यसअघि कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा र क्लबबिच सम्पन्न बैठकले आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने सहमती गरेको थियो ।
शीर्ष डिभिजनको लिग भने आगामी वर्षको पुस ३ गते बाट गर्ने सहमति भएको थियो । तर यसवर्ष सहित स्मारक ‘ए’ डिभिजन लिग नहुने भएपछि फुटबल खेलाडीले धर्ना लगायत आन्दोलनका कार्यक्रम गरेका थिए ।
तीन वर्षदेखि शीर्ष डिभिजनको लिग नहुँदा नेपालका अधिकांश राम्रा खेलाडी विदेश पलायन भएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











