काठमाडौँ, कात्तिक १९ गते । चलचित्र निर्देशक निश्चल बस्नेतलाई मातृ शोक परेको छ । ७१ वर्षीय उनकी आमा अमृता बस्नेतको आज (बुधबार) निधन भएको हो । उपचाररत अमृताको आज बिहान ओम अस्पतालमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार, अमृताको पछिल्लो १५ वर्षदेखि डायलाइसिस भइरहेको थियो । हालै निमोनियाबाट समेत ग्रसित भएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको थियो ।
अमृताको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
















