जनकपुरधाम, असोज २८ : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार मधेश प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ । मधेश प्रदेश सभा जनकपुरधामद्वारा जारी पत्रानुसार संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४०) बमोजिम सोमबार विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो ।
मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाई दिन पत्राचार गरेपछि प्रदेश सभाले गत शनिबार विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक मङ्गलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा सचिवालयको सूचनामा प्रकाशित गरेको छ ।
यसअघि मुख्यमन्त्री सिंहको सरकारकारमा नेकपा एमाले, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी आवद्ध थियो । तर गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले फेसबुकमार्फत राजिनामा दिएपछि उहाँ आवद्ध पार्टी जनमतले पदबाट राजीनामा दिएर फिर्ता बोलाउँदा पनि नगएपछि क्रमः एमाले, कांग्रेस र आइतबार लोसपाले पनि मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
यता कांग्रेसले मुख्यमन्त्रीकै पार्टीले उहाँलाई साथ नदिएपछि आफूहरुले पनि समर्थन फिर्ता लिएको जनाएका थिए भने एमालेले मुख्यमन्त्री सिंहलाई राजीनामा दिन आग्रह गर्दा पनि नमानेपछि गत साता बुधाबार मुख्यमन्त्रीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको थियो भने सोही दिन मुख्यमन्त्री सिंह आवद्ध जनमत, कांग्रेस र एमालेले संयुक्त रुपमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रदेश प्रमुखको कार्यालयमा दावी पेश गरेको थियो ।
मधेश प्रदेश सभामा सहभागी दस दलका १०७ जना प्रदेश सभासदस्यहरु रहेका छन् । एमालेको २५, कांग्रेसको २२, जनता समाजवादी पार्टी नेपालको १९, जनमतको १३, लोसपा र नेकपा एकिृत समाजवादी पार्टीको नौ/नौ जना रहेका छन् भने नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मिुक्ति र राष्ट्रि प्रजातन्त्र पार्टीका एक/एक जना रहेका छन् ।