09/14/2025, 16:58:14
आइतबार, भदौ २९, २०८२

७२ पुग्यो जेन जेड आन्दोलनमा मृत्यु हुनेको संख्या


काठमाडौँ ,भदौ २९ जेन – जी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् ।

आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदी बन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरू आन्दोलनमा उत्रिएका बेला प्रहरीसँग झडप भएको थियो । त्यसक्रममा विभिन्न ठाउँमा आगजनी हुँदा पनि विभिन्न व्यक्तिहरूको मृत्यु भएको छ ।

मृतक सबैको सनाखत हुन सकेको छैन । जलेका ठाउँहरू सफा गर्ने क्रममा शव भेटिने क्रम जारी छ । आज बिहान मात्रै चाबहिल चुच्चे पाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..