काठमाडौँ, भदौ ६ : वत्सालय एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्यान्ड्सकी प्रतिभाशाली आउट साईड हिटर कर्स्टेन वेसेल्सलाई अनुबन्ध गरेको छ ।
मधेशले वेसेल्सलाई तेस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो । यसअघि मधेश युनाईटेडले नेदरल्यान्ड्सकै रोमी भिनस्ट्रा र डानिक आर्डेमालाई अनुबन्ध गरिसकेको थियो ।
१८७ सेन्टिमिटर अग्ली वेसेल्सको स्पाइक पहुँच ३०० सेमि र ब्लक पहुँच २९३ सेमि रहेको छ। २६ वर्षीय वेसेल्स आफ्नो बहुमुखी क्षमता, दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुनुहुन्छ ।
वेसेल्सले भलिबल करिअरको सुरुवात घरेलु क्लब ‘एलएसभी लपर्सुम’ बाट गर्नुभएको हो । उहाँले नेदरल्यान्ड्सको यु–१९ र यु–२० राष्ट्रिय टोलीका लागि युरोपियन तथा विश्व च्याम्पियनसिपमा प्रतिनिधित्व गरिसक्नुभएको छ ।