काठमाडौँ, भदौ ४ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास र शुद्धताको खाँचो रहेको बताउनुभएको छ।
प्रजातन्त्र सेनानी नन्दप्रसाद सिवाकोटीको १११ औँ जन्मजयन्तीको अवसरमा नन्दप्रसाद जानुका फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको स्मारिका विमोचन तथा सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले नेपाली कांग्रेस मुलुकका हरेक परिवर्तनको नेतृत्व गरेको ‘राष्ट्रिय शक्ति’ रहेको बताउनुभयो।
महामन्त्री थापाले भन्नुभयो ‘‘राष्ट्रिय पार्टी बन्न त केवल निर्वाचन मात्रै जिते पुग्छ तर राष्ट्रिय शक्ति बन्न हरेक परिवर्तनको आन्दोलनको नेतृत्वमार्फत राष्ट्रका समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ।’’
उहाँले व्यवस्था परिवर्तनका हरेक आन्दोलनको नेतृत्व नेपाली कांग्रेसको नेतृत्वमा सम्भव भएको बताउँदै नेपाली समाजमा पछिल्लो समय देखिएका चरम असन्तुष्टिको सम्बोधन गर्ने दायित्त्व पनि नेपाली कांग्रेसको रहेको बताउनुभयो। उहाँले हरेक राष्ट्रिय चुनौतीलाई बुझ्ने, पर्गेल्ने र त्यसको सही सम्बोधन गर्नुपर्ने दायित्त्व र सामर्थ्य नेपाली कांग्रेसमा हुनुपर्ने पनि बताउनुभयो।
बहुमतबाट गरिने निर्ण बैधानिक हुने भए पनि आमरुपमा सर्वस्वीकार्य हुने गरी बैध निर्णय गर्न सक्नुपर्ने बताउँदै उहाँले नेपालको सशस्त्र द्वन्द्व अन्य गर्न पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका प्रस्तुत गरेको अदम्य साहस विश्व समुदायले नै बैध ठहर्याएको प्रसङ्ग उल्लेख गर्नुभयो।

शैक्षिक जागरणमार्फत स्वर्गीय नन्दप्रसाद शिवाकोटीले समाजिक रुपान्तन्तरणमा उदाहरणीय भूमिका निर्वाह गरेको बताउँदै महामन्त्री थापाले शैक्षिक अभियान र राजनीतिकलाई अगल राखेर स्व शिवाकोटीले सामाजिक मूल्य मान्यताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले स्वर्गीय शिवाकोटी जस्ता हजारौँ प्रजातन्त्र सेनानीको सङ्घर्ष र बलिदानमार्फत् नेपाली कांग्रेसले विभिन्न चरणका जनआन्दोलनको सफल नेतृत्व गरेको बताउँदै थापाले पूर्वजको यही अठोट, साहस र बलिदान पार्टीको मार्गदर्शन सिद्धान्त हुनुपर्ने बताउनुभयो।
सोही समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक शासन व्यवस्थासम्म आइपुग्न शिवाकोटी जस्ता हजारौँ प्रजातन्त्र सेनानीको योगदान रहेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य जिप छिरिङ शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोला तथा प्रतिस्ठानका अध्यक्ष अजयबाबु सिवाकोटी लगायत वक्ताले दोलखाको शैक्षिक विकासमा स्वर्गीय नन्दप्रसाद सिवाकोटीले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । सो अवसरमा फाउण्डेशनले दोलखाका शैक्षिक विकासको साथै नेपालको कूटनीतिक क्षेत्रमा ठूलो योगदान पुर्याउनु हुने सोही विद्यालयक पूर्व प्रधानाध्यापक मिलन तुलाधारलाई सम्मान समेत गरेको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















