काठमाडौँ, भाद्र ३ : म्याडक फिल्म्सले आफ्नो प्रतिक्षित फिल्म ’थामा’ को टिजर रिलिज गरेको छ । आयुष्मान खुराना, रश्मिका मन्दाना र नवाजुद्दीन सिद्दीकीको अवतार टिजरमा डरलाग्दो देखिन्छ ।
यसपटक ’थामा’मा, त्राससँगै रक्तपातपूर्ण प्रेमकथा र राक्षसको उपद्रो पनि देख्नेछौं । म्याडक फिल्म्सले अहिलेसम्म ’स्त्री’, ’स्त्री २’, ’भेडिया’ र ’मुंज्या’ जस्ता हरर कमेडीहरू बनाएको छ । ’थामा’ यस ब्यानरको पहिलो प्रेमकथा हो । निर्माताको दाबी छ कि यो एक डरलाग्दो फिल्मको साथै रक्तपातपूर्ण पनि हुनेछ, जसमा रगत चुस्ने पिशाचजस्ता पात्र पनि हुनेछन् ।
’थामा’ को टिजर आयुष्मानको पात्र आलोकको आवाजबाट सुरु हुन्छ । उसले तारका अर्थात् रश्मिकालाई सोध्छ- के तिमी म बिना १०० वर्ष बाँच्न सक्छौ ? उनी जवाफ दिन्छिन्, ‘एक क्षणको लागि पनि होइन, १०० वर्ष पनि होइन ।’ अनि त्यसपछि रश्मिका देखिन्छिन्, जो पूर्णतया निडर अवतारमा प्रस्तुति छिन् । आयुष्मान पनि देखिन्छन्, जो घाइते छन् ।
अभिनेता नवाजुद्दिन भिलेन भ्याम्पायरको रोलमा छन् । ’थामा’ आउँदो तिहारमा रिलिज हुनेछ । आदित्य सरपोतदारले निर्देशन गरेका हुन् ।
’थामा’ को कथा ’स्त्री’ र ’भेडिया’सँग जोडिएको बताइएको छ । यसमा वरुण धवन (भेडिया) पनि देखिनेछन् ।