08/15/2025, 13:52:10

पहिरोले कोदारी राजमार्ग अवरूद्ध, ६०० ‘कन्टेनर’ सीमापारि


साउन ३०,चौतारा : पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् ।भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो  खसेको १२ दिन भयो ।

पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए।करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ ।कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास नभएको गुनासो गरे।

यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..