काठमाडौँ, साउन २८ : अखिल नेपाल टेबलटेनिस सङ्घको तत्वावधान र स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजनामा स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन–३ भदौ १ गतेदेखि हुने भएको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता भदौ ६ गतेसम्म चल्नेछ । मिक्स टिम लिग प्रतियोगितामा १० टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
प्रतियोगितामा यला टेबल टेनिस, होप्स टेबलटेनिस एकेडेमी, एभीएम टेबलटेनिस क्लब, द ड्रागन्स टेबलटेनिस क्लब, कीर्तिपुर नगरपालिका, भर्टेक्स नेपाल टेबलटेनिस क्लब, ओल्ड हाउस रेस्टुरो, टप स्पिन टेबलटेनिस, गुड्स नेपाल, खोल्चा पुंखु खेलकुद समिति र आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी छन् । प्रत्येक टिममा एक महिला र एक पुरुष विदेशी खेलाडी अनुबन्ध गरिएको छ ।
प्रतियोगितामा पहिलो हुने टिमले तीन लाख रुपियाँसहित रनिङ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै दोस्रोले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुवै टिमले ७५ हजार रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र पाप्त गर्नेछ ।