२५ साउन, काठमाडौं : अभिनेता अजय देवगनलाई यो वर्ष खासै फापेन । वर्षको सुरुवातदेखि नै उनका तीन ठूला फिल्म आए । कुनै पनि फिल्मले नयाँ आशा जगाउन सकेनन् ।
६ दिनअघि रिलिज भएको ‘सन अफ सरदार २’ले भारतमा अहिले सम्म ३१ करोडको मात्र व्यापार गरेको छ । अजयको पछिल्ला फिल्महरू ‘आजाद’, ‘नाम’, ‘औरों में कहाँ दम था’, ‘मैदान’, ‘थ्यांक गड’, रनवे ३४’ व्यावसायिक हिसाबमा फ्लप भए ।
अहिले अजय नयाँ प्रोजेक्टहरूमा व्यस्त छन्। उनका अब पाँच फिल्म लगातार आउँदैछन् । ती फिल्मबाट भने उनले ठूलो आशा राखेका छन् । ‘दृश्यम ३’ पनि निर्माण घोषणा भइसकेको छ । यो फ्रेन्चाइजीका दुवै भाग सफल भइसकेका छन् ।२ अक्टोबर २०२६ मा फिल्म रिलिज हुने निर्माण टिमले जनाएको छ ।
‘गोलमाल ५’, रेन्जर, धमाल ४ र शैतान २ पनि पाइपलाइनमा भएका प्रोजेक्ट हुन् र यी फिल्महरूले अजयको करिअरलाई नयाँ उचाई देलान् त ? त्यो भने प्रतीक्षाकै विषय बनेको छ ।