२३ साउन, काठमाडौं : पहिलो कुमन कप फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। कलङ्कीस्थित एलआरआई स्कुलको फुटसल ग्राउन्डमा सम्पन्न भएको प्रतियोगितामा नेपाली विद्यार्थी र जापानी विद्यार्थीबिच प्रतिस्पर्धा भएको थियो। आइसिसि बिज्नेस होल्डिङ्को सहकार्यमा कुमन नेपालको प्रतियोगिताको आयोजना गरेको हो।
कुमन स्कुले विद्यार्थीको फरक विधिको प्रयोग गर्दै आएको जापानी शैक्षिक कार्यक्रम हो। उक्त मैत्रीपूर्ण खेलमा एलआरआई स्कूल, युनाइटेड स्कूल, भ्याली पब्लिक स्कूल र लोयल्टी एकेडेमीका विद्यार्थीको सहभागी रहेको थियो। प्रतियोगिताले टीमवर्क, अनुशासन र सांस्कृतिक सन्देश आदान-प्रदानमा सहयोग पुर्याएका आयोजकले जनाएको छ।
जापानबाट आएका विद्यार्थीसँगको खेलले विद्यार्थीबिच अन्तर्राष्ट्रिय मित्रता विकास गर्ने र सिकाइको फराकिलो परिभाषा दिने उद्देश्य बोकेको आइसिसी बिज्नेस होडिङ्का कार्यकारी अध्यक्ष गणेशमान लामाले बताउनुभयो। मैदानमा सबै टिमले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेपनि उपाधि भने जापानी विद्यार्थीले जिते।

कुमन शिक्षा प्रणाली नेपालमा २०२३ देखि औपचारिक रूपमा लागू भएको हो। यसले आत्म–अध्ययन, आलोचनात्मक सोच, र व्यक्तिगत विकासमा जोड दिँदै आएको छ। “खेलले कुमनको यही दृष्टिकोणलाई व्यवहारमा उतारेको थियो। जहाँ शिक्षा भनेको केवल किताबी ज्ञान होइन, जीवन सीप, सहकार्य, र मित्रता पनि हो भन्ने सन्देश यस खेलले दिएको छ”, लामाले भन्नुभयो।
एलआरआई स्कुल र जापानी प्रतिनिधि योशिकावा युसुकेको स्वागत भाषणबाट सुरु भएको प्रतियोगितामा नेपाल र जापानका राष्ट्रगान समेत बजाइएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















