08/07/2025, 20:33:18

महिला फिफा वरियतामा नेपालको १३ स्थान छलाङ


२२ साउन, काठमाडौं : नेपाली महिला राष्ट्रिय टोलीले फिफा विश्व वरियतामा १३ स्थान छलाङ मारेको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ८७औँ स्थानमा उक्लिएको हो । नेपालको यो हालसम्मकै सर्वोत्कृष्ट वरियता हो । यसअघि नेपाल सन् २०१७ मा ९१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली देशमा भारत ६७औँ स्थानमा छ ।

पाकिस्तान तीन स्थानको सुधार गर्दै एक सय ५४, दुई स्थान तल झरेको श्रीलङ्का एक सय ६१, आठ स्थान सुधार गरेको भुटान एक सय ६३ र दुई स्थान तल झरेको माल्दिभ्स एक सय ६५औँ स्थानमा छ । एसियाली देशमा भने नेपाल समग्र १६औँ स्थानमा छ ।

विश्व वरियताको शीर्षस्थानमा स्पेन उक्लिएको छ । अमेरिका दोस्रो स्थानमा झरेको छ । स्वीडेन तेस्रो, इङ्ल्यान्ड चौथो र जर्मनी पाँचौँ स्थानमा छ ।