07/04/2025, 17:27:20

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै


गलकोट (बागलुङ), २० असार : जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । कोषमा रु. ५० लाख दाखिला भएको छ ।

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ ।

“दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पु¥याउने लक्ष्य छ । कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पु¥याउन सकिन्छ । कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ”, नगर प्रमुख नरबहादुर पुनले भन्नुभयो ।

क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा रु एक अर्ब पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ