सिंगापुर, १३ असार : सिंगापुरको उत्पादन क्षेत्रले मे महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले वृद्धि गरेको छ। सिंगापुरको आर्थिक विकास बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अघिल्लो महिना अर्थात् वैशाखमा यो वृद्धिदर ५.९ प्रतिशत रहेको थियो।
मौसमी रुपमा मिलाइएको मासिक आधारमा हेर्दा, कुल उत्पादन ०.४ प्रतिशतले घटेको देखिएको छ। तर, औषधिजन्य उत्पादनलाई बाहिर राख्दा, उत्पादनमा ०.७ प्रतिशतको वृद्धिदर देखिएको छ।
उत्पादन वृद्धिमा यातायात प्रविधि क्षेत्र सबैभन्दा अगाडि रहेको छ, जसमा वार्षिक रूपमा २५.६ प्रतिशतको वृद्धि देखिएको छ। यस क्षेत्रभित्र हवाई प्रविधि उपक्षेत्रले ४३.६ प्रतिशतले वृद्धि गरेको छ, जुन हवाई जहाजका भागपुर्जा उत्पादन र वाणिज्यिक विमानहरूमा मर्मत, जाँच र सुधारका कार्य बढेका कारण भएको हो। जल तथा अपतटीय प्रविधि उपक्षेत्रमा पनि पानीजहाज कारखानाहरूमा गतिविधि बढेसँगै ५.३ प्रतिशतको वृद्धि भएको छ।
यन्त्रनिर्माण, औषधिजन्य उत्पादन, विद्युतीय सामग्री निर्माण, र रासायनिक उत्पादन क्षेत्रहरूमा पनि वार्षिक रुपमा सकारात्मक वृद्धि देखिएको छ। तर, सामान्य उत्पादन क्षेत्रले भने अघिल्लो वर्षको तुलनामा घटावट देखाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















