06/20/2025, 01:00:59

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छ : कतारका राजदूत अन्सारी


काठमाडौँ, ५ असारः नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल प्राकृतिक रुपमा निकै सुन्दर र सम्पन्न मुलुक रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राससले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले नेपाल प्राकृतिक रुपमा सुन्दर रहेको र ती सुन्दर पर्यटकीय गन्तव्यको भ्रमणका लागि आग्रह गर्नुभयो ।

साथै उहाँले तस्बिर प्रदर्शनीमा आमन्त्रण गरेकामा रासस व्यवस्थापनप्रति धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पर्वतीय पर्यटन विकासको सम्भावना उजागर गर्दै जलवायु परिवर्तनको जोखिम न्यूनीकरणबारे अन्तरराष्ट्रिय जगत्मा सन्देश फैलाउने उद्देश्यले तस्बिर प्रदर्शनी आयोजना गरिएको बताउनुभएको थियो ।

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ