नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स) ले १ खर्ब ३५ अर्ब रूपैयाँ ऋण खोज्दै सार्वजनिक सूचना जारी गरेको छ। निगमले हालको ऋण व्यवस्थापन गर्न ५५ अर्ब, विमान खरिदका लागि ७५ अर्ब, ह्यांगर निर्माणका लागि ५ अर्ब गरी कुल १ खर्ब ३५ अर्ब ऋण खोजेको हो।
सस्तो ब्याजदरमा स्वदेशी तथा विदेशी वित्तीय संस्थाबाट ऋण लिएको कर्मचारी संचयकोष तथा नागरिक लगानी कोषको महँगो ब्याजदरको पुरानो ऋण तिर्ने योजनाका साथ सार्वजनिक सूचना मागेको निगमले जनाएको छ। निगमले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, बैंक तथा वित्तिय संस्थासँग आशय मागेको छ।
निगमले इच्छुक संस्थाहरूलाई आशयपत्र पेस गर्न ४५ दिनको समय दिएको छ।

What if you could work from Anywhere?
Explore More with something that can change your Life!










