06/08/2025, 12:58:51

सीप मेला, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त : बागमती मुख्यमन्त्री लामा


काठमाडौँ, २५ जेठः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सीप मेला युवा लक्षित सीप सिकाइ, नवीनतम सोच, रोजगार र स्वरोजगारका लागि उपयुक्त भएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको सीप मेलाको आज अवलोकन गर्दै मन्त्री लामाले यस्तो बताउनुभएको हो ।

महानगरले यही जेठ ७ गतेदेखि १० वटा क्षेत्रका ३७ पेसासँग सम्बन्धित १०० घण्टे तालिम सञ्चालन गरिरहेको छ ।

मुख्यमन्त्री लामाले प्रशिक्षक र प्रशिक्षार्थीसँग प्रशिक्षण अभ्यासका विषयमा जानकारी लिनुभएको थियो । मेला सञ्चालनको उद्देश्य र यसका अपेक्षित नतिजाका विषयमा जानकारी लिएपछि उहाँले भन्नुभयो, “एउटै छानामुनि परम्परागत सीपदेखि प्रविधिसम्मका सीप सिकाउनु उदाहरणीय काम हो । यसले सबै खालका सम्भावनाहरूमा युवाको पहुँच वृद्धि गर्छ । तालिमले रोजगारमा जाने मात्र होइन आफैँ स्वरोजगार बनेर अरूलाई रोजगार दिने आत्मविश्वाश पनि दिएको पाएँ । यो खुसीको कुरा हो ।

मुख्यमन्त्री लामाले प्रदेश सरकारका विभिन्न मन्त्रालयबाट सञ्चालित तालिमहरूलाई एकीकृत गरेर सिटिइभिटी मार्फत एकद्वार प्रणालीमार्फत अगाडि बढाउने योजना बनाइएको र तालिम प्राप्त जनशक्तिलाई प्रणालीमा आबद्ध गराएर रोजगारदाताले खोजेको बेला पाउन सक्ने बनाउन लागिएको बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ