05/03/2025, 02:31:42

फूटबल समाचार : युसीएलमा बार्सिलोना-इन्टर बराबरी, यूरोपा लिगमा म्यानचेस्टर युनाइटेड र टोटेन्हम बिजयी, कन्फरेन्स लिगमा चेल्सी र रियल बेटिस बिजयी


मिति २०८२ बैसाख १९ गते, युरोपेली च्याम्पियन्स लिगको पहिलो लेग अन्तर्गत बार्सिलोना र इन्टर मिलान बीच भएको खेलमा ३-३ गोलको बराबरीमा टुंगिएको छ । इन्टर मिलानका एम. थुरामले १ मिनेटको गोल र डी. डुम्फ्रिजको २१ मिनेटको गोलले इन्टर मिलानले २ गोलको अग्रता लिएको थियो तर एल. यामालको २४ मिनेटको उत्कृस्ट गोल र एफ. टोरेसको ३८ मिनेटको गोलले बार्सिलोना बराबरीमा फर्किएको थियो । इन्टर मिलनका डी. डुम्फ्रिजले ६३ मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै फेरी इन्टर मिलनलाइ ३-२ को अग्रता बनाए भने वाई. सोमरको आत्मघाती गोल संगै खेल ३-३ को बराबरीमा टुंगियो । सेमिफाइनलको दोश्रो लेग ७ मेमा इन्टर बिरुद्ध बार्सिलोना र ८ मेमा पियसजी बिरुद्ध आर्सनल हुदैछ ।


युरोपा लिग : सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेडले एथलेटिक क्लबलाई ३-० ले पराजित गर्यो भने टोटनह्याम हट्स्परले बोडो/ग्लिम्ट ३-१ ले पराजित गर्यो । म्यानचेस्टर युनाइटेडले जित्ने क्रममा कासेमिरोले ३० औं मिनेटमा र बी. फर्नान्डेजले ३७ औं र ४५ औं मिनेटमा गोल गरे । टोटनह्याम हट्स्परको बी. जोनसन १ मिनेटमा, जे. म्याडिसन ३४ औं मिनेटमा र डी. सोलाङ्के ६१ औं मिनेटमा गोल गरे भने बोडो/ग्लिम्टबाट एकमात्र गोल यू. साल्टनेसले ८३ औं मिनेट गरेका हुन् ।



कन्फरेन्स लिग : सेमिफाइनलको पहिलो लेगमा चेल्सीले युर्गोर्डेनलाई ४-१ ले पराजित गर्यो भने रियल बेटिसले फ्लोरेनटिनालाइ २-१ ले पराजित गर्यो ।




इन्ग्लिश प्रिमियर लिग : हिजो राति भएको नतिंगहम बिरुद्ध ब्रेंटफर्डको खेलमा ब्रेंटफर्डले २-० ले जित हासिल गर्यो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ