७ भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए।
दुर्घटनामा परेको बसमा सबै भारतीय नागरिक सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए।
‘पोखराको ड्यामसाइडको एक होटलमा उहाँहरू बस्नु भएको रहेछ। आज बिहान ७:३० बजे यहाँबाट बस काठमाडौंका लागि छुटेको रहेछ,’ उनले भने, ‘पोखराको होटलमा ४१ जना बसेको रेकर्ड छ। उनीहरू भारतको गोरखपुरबाट आएको भन्ने जानकारी छ। सबै भारतीय नागरिक हुन्।’
भदौ ५ गते उनीहरू पोखरा आइपुगेको होटलको रेकर्डमा देखिने प्रहरीले जनाएको छ। उनीहरू पोखरामा दुई दिन घुमेर काठमाडौंका लागि शुक्रबार बिहान छुटेका थिए। यो बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो।
सशस्त्र प्रहरीका सहप्रवक्तासमेत रहेका डिएसपी शैलेन्द्र थापाका अनुसार बसमा रहेका १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









