काठमाडौँ, २३ चैत : दशरथ रंगशालामा भएको एनएसएलको दोश्रो कालिफायर खेलमा पोखरा थण्डर्सले धनगढी एफसीलाइ १-० ले पराजित गर्दै एनएसएलको फाइनलमा प्रवेश गरेको छ । यस खेल हेर्न ब्राजिलियन तथा रियल मेड्रिडको लेजेण्ड खेलाडी रोबर्टो कार्लोसपनि उपस्थित भएका थिए । रोबर्टो कार्लोसले खेलको हाफ टायममा फ्री किक पनि हानेका थिए, उनले फ्री किक हान्दा नेपाली गोल कीपर समित श्रेष्ठले गोलपोष्ट सम्हालेका थिए ।
पोखरालाइ स्टेफेन समिर विनोङको इन्जुरी समयमा गरेको एक मात्र गोलले जित दिलाउन काफी रह्यो । नेपाल सुपर लिगमा पोखरा थण्डर्स पहिलो पटक फाइनल पुगेको हो यसै जित संगै शनिबार साविक विजेता ललितपुर सिटीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ
।