मङ्गलबार, पुष ०९, २०८१

हेटौंडामा ८ बुँदामा सहमतिसँगै व्यवसायीहरुको आन्दोलन स्थगित


३२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकासँग ८ बुँदामा सहमतिसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका छन् । शुक्रबार साँझ भएको छलफलमा उपमहानगरले मकवानपुर उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संघसंस्थाहरुले उठाएका विषय आगामी नगरसभाबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

मउवा संघबाट आर्थिक वर्ष २०८१/८२ को करका दरको सम्बन्धमा १८ साउनमा बुझाएको पन पत्र र ३२ गते वार्ताको क्रममा पेश भएका मागका सम्बन्धमा ८ बुँदामा समझदारी गरिएको उपमहानगरका प्रवक्ता न्यौपानेले जानकारी दिए । यससँगै कर वृद्धिको विरोधमा १० दिनदेखि चलिरहेको आन्दोलन स्थगित गरिएको मउवा संघका उपाध्यक्ष उज्वल चौलागाईंले जानकारी दिए ।

सहमति पत्रमा उपमहानगरबाट मेयर मिनाकुमारी लामा, उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता सविन न्यौपाने र व्यवसायीको तर्फबाट मउवा संघका अध्यक्ष कष्ृणकुमार अग्रवाल गुप्ता, निर्माण व्यवसायी संघ अध्यक्ष बालगोपाल कंडेल, मउवा संघ उपाध्यक्षहरु उज्वल चौलागाईं, राजु अधिकारी, होटल एसोसिएसनका कल्याण पौडेलले हस्ताक्षर गरेका छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading