मिति २०८२ बैसाख ५ गते,यूरोपा लिग २०२४/२५ अन्तर्गतको सुपर ८ को दुबै लिग सम्पन्न भए संगै सेमिफाइनलको समीकरण पुरा भएको छ | बिहिबार राति भएको दोश्रो लेगमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा लियोन माथि ५-४ को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ | पहिलो लेग २-२ को बराबरी भएको थियो भने दोश्रो लेगको ९० मिनेटको समाप्तिमा पनि २-२ कै बराबरी भएको थियो | ३० मिनेट थप समयमा म्यानचेस्टर युनाइटेडले १० खेलाडीमा सिमित लियोनलाइ जित्न धेरै नै संघर्ष गर्नु पर्यो |नाटकीय खेलमा थप समयको १०५ र ११० मिनेटमा लियोनले गोल गर्दै २ गोलको अग्रता लिएको थियो भने म्यानचेस्टर युनाइटेडले ११४,१२० र १२१ मिनेटमा गोल गर्दै जित दर्ता गर्यो |
अन्य टोलि टोटेहम, Bodo/Glimt र एथलेटिक क्लब सेमीफाइनल प्रवेश गरेको छन् |
युरोपा कन्फरेन्स लिग अन्तर्गत चेल्सी, Djurgården, रियल बेतिस र फ्लोरेनटिना सेमीफाइनलमा प्रवेश गरेका छन् |