मिति २०८२ बैसाख ४ गते, यूरोपियन च्याम्पीयन्स लिग अन्तरगतको सुपर ८ को खेल सकिय संगै सेमिफाइनलको समीकरण पुरा भएको छ | बार्सिलोनाले डर्टमण्डमाथि समग्रमा ५-३ को जित सुनिश्चित गर्यो | पिएसजीले एस्टन भिल्लालै समग्रमा ५-४ ले पराजित गर्यो | त्यसै गरि आर्सनलले रियल मेड्रिडलाइ समग्रमा ५-१ र इन्टर मिलनले बायर्न म्युनिखलाइ समग्रमा ४-३ ले पराजित गर्यो | अब हुने सेमिफाइनलको पहिलो लेग अप्रिल ३०मा आर्सनल बिरुद्ध पियसजी र १ मेमा बार्सिलोना बिरुद्ध इन्टर मिलानको खेल हुनेछ भने दोश्रो लेग ७ मे मा इन्टर मिलान विरुद्ध बार्सिलोना र ८ मेमा पियसजी बिरुद्ध आर्सनलको खेल हुनेछ |