मङ्गलबार, पुष ०९, २०८१

पेरिस ओलम्पिकमा अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थानमा


साउन २७, काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा चीन र अमेरिकाको कडा टक्कर जारी छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थानमा उक्लिएको छ । चीनले हालसम्म ३९ वटा स्वर्ण पदक जितेको हो । टोलीले २७ रजत र २४ कांस्यसहित कूल ९० पदक जितेको छ । उता, अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कूल १ सय २२ वटा पदक हात पारेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले कूल ५० पदक जितेको छ । यसमा १८ स्वर्ण, १८ रजत र १४ कांस्य पदक समावेश छन् । चौथो स्थानमा रहेको जापानले पनि समान १८ स्वर्ण जितेको छ । उसको १२ रजत र १३ कांस्यसहित कूल ४३ पदक रहेको छ ।

आयोजक राष्ट्र फ्रान्स १६ स्वर्णसहित पाँचौँ स्थानमा कायम छ । टोलीले २४ रजत र २२ कांस्यसहित कूल ६२ पदक जितेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः बेलायत (१४ स्वर्ण), दक्षिण कोरिया (१३ स्वर्ण), नेदरल्यान्ड्स (१३ स्वर्ण), जर्मनी (१२ स्वर्ण) र इटाली ११ स्वर्ण रहेका छन् ।

दक्षिण एसियाली राष्ट्रमा पाकिस्तानले एक्लो स्वर्ण जितेको छ । भारतले १ रजत र पाँच कांस्यसहित कूल ६ वटा पदक हात पारेको छ । नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका पदकविहीन छन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading