काठमाडौं, माघ २ गते । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमितिको सिङ्गो केन्द्रीय समिति निर्वाचन आयोग जाने भएको छ। आज विहानमात्रै शेरबहादुर देउवा समूह निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गरेको थियो । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सो समूहका नेताहरु आयोग पुगेका थिए ।
यता, विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहितको सिंगो केन्द्रीय कार्यसमिति पनि आज दिउँसो २ बजे निर्वाचन आयोगमा जानेभएको हो । आयोगले चुनाव चिन्हलगायतको विषयमा छलफल गर्न बोलाएको भनिएको छ । हिजोमात्रै पनि यो समूह आयोगमा पुगेर कांग्रेसको आधिकारिकतामा दाबी गरेर पार्टी अद्यावधिकको लागि आवश्यक कागजात बुझाएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














