03/31/2025, 14:14:08

मेरो डान्स र मेरो भ्वाइस युनिभर्स-२ मा उत्कृष्ट १० मा पुग्नेलाई जनही ३ लाख पुरस्कारको घोषणा


१५ चैत, काठमाडौं : मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको टप १० मा पुग्ने हरेक प्रतिभालाई तीन–तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने कार्यमा उल्लेख्य योगदान पुर्‍याइएकोमा गायन र नृत्य विद्यालयका शिक्षक शिक्षिकाको अन्तर्क्रिया कार्यक्रममा इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो घोषणा गरेका हुन् ।

विश्वभरका १२०–१२० नेपाली प्रतिभाका बीच अन्तिम प्रतिस्पर्धा हुने यी दुवै शोहरुमा टप १० सम्म पुग्नेलाई तीन–तीन लाख रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरिएको अधिकारीले जानकारी दिए ।

मेरो भ्वाइस र मेरो डान्स युनिभर्स सिजन २ को काठमाडौं अडिसनको पूर्वसन्ध्यामा बिहीबार साँझ काठमाडौंमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।

दुवै शोका विजेताहरुले एक एक करोड पुरस्कार पाउने छन् भने उपविजेताले २५ लाख तथा तृतीय हुनेले १० लाख पुरस्कार पाउने छन् । यसबाहेक समूह नृत्य प्रतिस्पर्धाका विजेताले २० लाख, उपविजेताले १० लाख र तृतीय हुनेले ५ लाख पाउने जानकारी पनि कार्यक्रममा दिइएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ